प्रेस युनियन काभ्रेको नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७९ अषाढ ३२, शनिबार मा प्रकाशित ४३८ पटक पढिएको
प्रेस युनियन काभ्रेको नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

असार ३२, काभ्रे। नेपाल प्रेस युनियन काभ्रेको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेको छ।

नव निर्वाचित अध्यक्ष सहितका पदाधिकारी, कार्यसमिति सदस्य, केन्द्रीय प्रतिनिधी र प्रदेश प्रतिनिधीको पदस्थापन तथा हस्तान्तरण गरिएको हो।

निवर्तमान जिल्ला अध्यक्ष कपिल कोइरालाले नवनिर्वाचित अध्यक्ष नगेन्द्र अधिकारीसहितका पदाधिकारीहरुलाई लाई निर्णय पुस्तिका हस्तान्तरण गरी  पदस्थापन तथा हस्तान्तरण गर्नुभएको हो। बनेपामा आज (शनिबार) आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक पुष्पराज थापाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समितिमा निर्वाचित उपप्रमुख रिमबहादुर तामाङ, काभ्रेका स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो।

सोहि अवसरमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, बनेपाका प्रमुख शान्तिरत्न शाक्य, रोशी गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य भगवान अधिकारी, बेथानचोक–१ का वडाअध्यक्षमा निर्वाचित प्रेस युनियनका काभ्रेका निवर्तमान सचिव मधुसुदन तिमल्सिना, मण्डनदेउपुर–११ को अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिपेन्द्र लामालाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले आफ्नो कमजोरी बाहिर ल्याउन अनुरोध गर्दै आलोचनात्मक समाचार लेख्न र कमि कमजोरी औल्याउँन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका नेता अच्युत पौडेल, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, रोशी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष एवं युनियनका सल्लाहकार भोला थापा, नेपाल प्रेस युनियन काभ्रेका पूर्वअध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाई लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो।

साथै उहाँहरुले स्थानीय तहका सरकारले सञ्चार क्षेत्रलाई पनि सहयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

 


प्रतिक्रिया दिनुहोस