बनेपाका मुख्य सडकको दायाँबायाँ अस्थायी पसल चलाउन प्रतिबन्ध 

नौलो समाचार संवाददाता
२०७९ श्रावण १, आईतबार मा प्रकाशित १०२३ पटक पढिएको
बनेपाका मुख्य सडकको दायाँबायाँ अस्थायी पसल चलाउन प्रतिबन्ध 

साउन १, काभ्रे। काभ्रे जिल्लाको बनेपा नगरपालिकाले आजबाट नगर क्षेत्रभित्र अरनिको राजमार्ग र अन्य मुख्य सडकको दायाँबायाँ अस्थायी रुपमा पसल चलाउन रोक लगाइएको छ।

नगर क्षेत्रको सौन्दर्य, सडकमा हुने दर्घटनालाई ध्यानमा राखेर फुटपाथ अर्थात सडकको किनारमा हुने अस्थायी व्यापार व्यवसाय हटाउने बनेपा नगरपालिकाको निर्णय गरेको छ। निरन्तरको अभियान असफल भएसँगै बनेपा नगरपालिकाले पुनः दिर्घकालिन रुपमा फुटपाथ ब्यवस्थित गर्ने तथा नगर सरसफाईमा जोड दिने उदेश्यले अभियान शुरु गरेको हो।

बनेपा नगरपालिका जिल्लाको ब्यापारीक केन्द्र समेत भएकाले विभिन्न जिल्लाबाट तथा पालिकाबाट बसोबास गर्ने नागरिकहरुको बसाईलाई ब्यवस्थित बनाउने, दुई प्रमुख राजमार्ग हुँदै आउने जाने नागरिकहरुले प्रयोग गर्ने अरनिको राजमार्गको दायाँबायाँ क्षेत्रलाई सुन्दर बनाउने अभियानले निरन्तरता पाउने नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो।

साउन १ गतेबाट नियमित फुटपाथको अवरोध हटाईने, अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्ने र नियमित अनुगमन हुने उहाँले बताउनुभयो।

आज (आईतबार)बाट शुरु भएको अभियानमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सुरक्षा टोली, जनप्रतिनिधी, उद्योगी ब्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

तर, यो निर्णय कार्यान्वयन गराउँदा किनारमा व्यापार गरेर दैनिकी चलाउनेहरूमा आफ्नो उत्पादनले बजार नपाउने र त्यसवापत हुने आर्थिक उपार्जन अब नहुने हो कि भन्ने उनीहरुमा चिन्ता बढेको छ।

नगरपालिकाकाले फुटपाथको पसल, व्यवसाय हटाउने पूर्व निर्णय कार्यान्वयन गराउनका लागि योजना नै बनाएको छ। नगर उपप्रमूख विमला सापकोटा दाहालले अपाङ्गता भएका व्यक्तिहरूको सामग्री बजारसम्म पु¥याउनका लागि आवश्यक समन्वय गरिने बताउनुभएको छ।


प्रतिक्रिया दिनुहोस