एसईईको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

नौलो समाचार संवाददाता
२०७९ श्रावण १, आईतबार मा प्रकाशित १२७२ पटक पढिएको

एसईईको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

साउन १, काभ्रे। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ।

गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन्।

उनका अनुसार अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम भइरहेको छ।

यस वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ९ सय ७७जना परीक्षार्थीले परीक्षा दिएका छन्।






प्रतिक्रिया दिनुहोस