बनेपा नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सकंलन गर्ने

नौलो समाचार संवाददाता
२०७९ श्रावण १, आईतबार मा प्रकाशित ९७६ पटक पढिएको
बनेपा नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सकंलन गर्ने

साउन १, काभ्रे। बनेपा नगरपालिकाले आज (साउन १ गते) देखि घर पसलबाट निस्कने जैविक (कुहिने) र (अजैविक (नकुहिने) फोहोर बर्गिकरण गरेर मात्र सकंलन गर्ने भएको छ।

बनेपामा फोहोर ब्यबस्थापनको चुनौती रहेकाले वडा-वडामा फोहोर ब्यबस्थापन गर्नु पर्ने सुझाव प्राप्त भएको नगरपालिकाले बताएको छ।
बनेपा नगरपालिकाको आयोजना र काठमाडौं बिश्वबिद्यालय सामुदायिक सम्बन्ध बिस्तार महाशाखाको सहजिकरणमा फोहोरमैला ब्यबस्थापन र समुदायको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा फोहोरमैलाको दिर्घकालिन ब्यवस्थापनमा जोड दिईएको थियो।

नगरपालिका आफैले फोहोर ब्यवस्थापनमा ल्याएको योजनामा यस अघि वडा अध्यक्षहरुले नै अवरोध गरी सार्वजनिक अपराधको तारेख खेपिरहेका छन्। सोहि अवरोधका कारण नगरपालिकाले नगर भित्र फोहोर ब्यवस्थापन गर्न नसकि दैनिक भाडा तिरेर सिसडोलमा फोहोर लगिरहेको छ। सिसडोल बन्द हुँदा बनेपामा फोहोर संकलन हुने गरेको छैन।

यस्तै, बनेपा नगर क्षेत्र भित्रको सरसफाई र पार्किङ्ग ब्यबस्थापन गर्न सबै नगरबासीको साथ र सहयोग चाहिने नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभएको छ। फुटपाथ तथा अन्य सार्वजानिक स्थानमा राखिएका निमार्ण सामाग्री हटाई नगरको सौन्दर्यकरण कार्यमा सबैको साथ चाहिने शाक्यले बताउनुभयो।

नगरपालिकाले गरेको पटक पटकको अनुरोधलाई अटेर गरी ब्यबसाय सञ्चालन गरेमा कानुन अनुसार कार्वाहि गरिने नगरपालिकाले बताएको छ।

प्रतिक्रिया दिनुहोस