भक्तपुरमा रुख ढलेर सवारीसाधन किच्दा तीन जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ श्रावण ८, आईतबार मा प्रकाशित १५३१ पटक पढिएको
भक्तपुरमा रुख ढलेर सवारीसाधन किच्दा तीन जनाको मृत्यु

साउन ८, भक्तपुर। भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक मिनीबस र स्कुटर किच्दा बसमा रहेका दुई जना र स्कुटर चालक एक जनाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए।

मृतको सनाखत हुन बाँकी रहेको प्रवक्ता पाण्डेले बताए।

घाइतेहरुलाई भक्तपुर अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि लगिएको उनले बताए।

प्रहरीका अनुसार काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा २ ख ३५८४ नम्बरको मिनीबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको हो।

प्रतिक्रिया दिनुहोस