बनेपा भैसेपाटीमा भएको सवारी दुर्घटनामा रोशीका १ युवकको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ श्रावण १०, मंगलबार मा प्रकाशित ९३६ पटक पढिएको

बनेपा भैसेपाटीमा भएको सवारी दुर्घटनामा रोशीका १ युवकको मृत्यु

साउन १०, काभ्रे। बनेपा भैसेपाटीमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ।

अरनिको राजमार्ग अन्तर्गत बनेपा वडा नम्बर-१३ भैसेपाटीमा भक्तपुर तर्फ जादै गरेको ट्रक र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएकोे हो।

आज (मंगलबार) बेलुका ७ बजे तिर बनेपाबाट भक्तपुर तर्फ जादै गरेको ना ८ ख ८०८७ नम्बरको सिल्क ट्रान्सपोर्टको ट्रकले र बा ६७ प २८९२ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिदा रोशी गाउँपालिका वडा नम्बर-१ का बर्ष १८ का कृष्ट लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक लामा मोटरसाइकलमा पछाडी सवार रहेको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थामा उपचारको लागि बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा पुराईएका लामाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिल्वालले जानकारी दिनुभयो।

मोटरसाइकल चालक रोशी गाउँपालिका वडा नम्बर-१ कै बर्ष २६ को एण्डी लामाको बनेपा अस्पतालमा उपचार भईरहेको छ।

ट्रक र चालकलाई बनेपा प्रहरीको नियन्त्रणमा रहेको दुर्घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ट्राफिक प्रमुख सिल्वालले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस