एसईईको नतिजा प्रकाशित (यसरी हेर्न सकिन्छ रिजल्ट)

नौलो समाचार संवाददाता
२०७९ श्रावण ११, बुधबार मा प्रकाशित १११४ पटक पढिएको
एसईईको नतिजा प्रकाशित (यसरी हेर्न सकिन्छ रिजल्ट)

साउन ११, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको बताए।

बाेर्डका अनुसार ९ हजार ६ सय ३३ परीक्षार्थीले उच्च जिपिए ३.६ देखि ४.० ल्याएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नाै सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नाै सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

पाँच लाख १४ हजार सात सय ६० जनाले यसवर्ष एसईई परीक्षा दिएका थिए। गत वैशाखमा एसईई परीक्षा भएको थियो।

यसरी हेर्न सकिन्छ रिजल्ट:

प्रतिक्रिया दिनुहोस