नेपालमा थप ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ श्रावण १४, शनिबार मा प्रकाशित ५४४ पटक पढिएको
नेपालमा थप ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

साउन १४, काठमाडौं। पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६९९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १ हजार ७७९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९२ जना र १ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४६ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ हजार ३ सय नाघेको छ। मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ३६९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन्।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७७ जना संक्रमितहरु निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ७६५ पुगेको छ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार ६०९ पुगेको छ।


प्रतिक्रिया दिनुहोस