काभ्रेमा आज ९ जनामा कोरोना संक्रमण, धुलिखेलमा सक्रिय संक्रमित २८ जना

नौलो समाचार संवाददाता
२०७९ श्रावण १४, शनिबार मा प्रकाशित १११४ पटक पढिएको
काभ्रेमा आज ९ जनामा कोरोना संक्रमण, धुलिखेलमा सक्रिय संक्रमित २८ जना

साउन १४, काभ्रे। काभ्रेमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा ५१ जनामा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँका अनुसार काभ्रेमा अहिले ७८ जना सक्रिय संक्रमित रहेका छन्।

काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ। जहाँ २८ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, पनौती नगरपालिकामा १३ जना, बनेपामा १२,नमोबुद्धमा १०, पाँचखालमा ५, मण्डनदेउपुरमा १ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै चौंरीदेउराली गाउँपालिकामा ७ जना तथा बेथानचोकमा २ जना संक्रमित रहेका छन्। अन्य पालिकामा हालसम्म संक्रमितको संख्या शुन्य रहेको छ।

प्रतिक्रिया दिनुहोस