पनौती उद्योग वाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ श्रावण १५, आईतबार मा प्रकाशित ५६६ पटक पढिएको
पनौती उद्योग वाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

साउन १५, काभ्रे। पनौती उद्योग वाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पनौती उद्योग वाणिज्य संघद्वारा आयोजित पनौती उद्योग बाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम शनिबार पनौती बैंक्वेटमा सम्पन्न भएको हो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्रि बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले गर्नुभएको थियो।

संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुमागाईँले कृषि र उद्योगीलाई संगै जोडेर लानुपर्नेमा जोड दिनुभयो।

त्यस्तै कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौती नगरपालिकाले उद्योगी, व्यवसायीलाई प्रबद्र्धन गर्न हातेमालो गर्नुको साथै जहिल्यै पनि उद्योग व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताउनुभयो।

पनौती नगरपालिकाले उद्योग वाणिज्य संघलाई कहिल्यै पनि नबिर्सने बताउँदै पनौती नगरपालिकाकी उप–प्रमुख गीता बञ्जाराले नगरपालिकाले उद्योग वाणिज्य संघलाई सधै सल्लाह सुझाव र मार्गनिर्देशन गरिरहने बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले सधैँ उद्योगी व्यवसायीको हक हितको लागि काम गर्नेछ।

त्यस्तै कार्यक्रमका सभापति एवं पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले उद्योग व्यवसायको उत्थानका लागि उद्योगी व्यवसायीलाई हेरिने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री राज तिमिल्सना, बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारी लगायतले संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्तव्य राख्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस