काभ्रेमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना निको भए

नौलो समाचार संवाददाता
२०७९ श्रावण १५, आईतबार मा प्रकाशित ४१० पटक पढिएको
काभ्रेमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना निको भए

साउन १५, काभ्रे। काभ्रेमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज ५ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको ४५ वटा परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँका अनुसार काभ्रेमा अहिले ८७ जना सक्रिय संक्रमित रहेका छन्।

जिल्लाको धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै २८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै, पनौती नगरपालिकामा १९ जना, बनेपामा १२, नमोबुद्धमा ११, पाँचखालमा ८, मण्डनदेउपुरमा १ जना संक्रमित रहेका छन्। यसैगरी, चौँरीदेउराली गाउँपालिकामा ५  जना, बेथानचोकमा २, भुम्लुमा १ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

रोशी, तेमाल, खानीखोाल र महाभारत गाउँपालिकामा भने कोरोना संक्रमितको संख्या शून्य रहेको छ।

प्रतिक्रिया दिनुहोस