काभ्रेमा आज १५ जनामा संक्रमण, आजै १५ जना निको भए

नौलो समाचार संवाददाता
२०७९ श्रावण १७, मंगलबार मा प्रकाशित ५५६ पटक पढिएको

काभ्रेमा आज १५ जनामा संक्रमण, आजै १५ जना निको भए

साउन १७, काभ्रे। काभ्रेमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५९ वटा परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै आजै १५ जना कोरोना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईँका अनुसार काभ्रेमा अहिले १०६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन्। जहाँ ५४ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, पनौतीमा २१ जना, नमोबुद्धमा १४, बनेपामा २, पाँचखालमा ५, मण्डनदेउपुरमा १ तथा चौंरीदेउराली गाउँपालिका ४, बेथानचोकमा ४, भुम्लुमा १ जना सक्रिय संक्रमित रहेका छन्। रोशी, तेमाल, खानिखोला, महाभारतमा हालसम्म संक्रमितको संख्या शुन्य रहेको छ।


प्रतिक्रिया दिनुहोस