पनौतीको ऐरीगाउँमा खाना पकाउने ग्याँस लिक हुदा घर जलेर नष्ट

नौलो समाचार संवाददाता
२०७९ श्रावण १८, बुधबार मा प्रकाशित ५४३ पटक पढिएको

पनौतीको ऐरीगाउँमा खाना पकाउने ग्याँस लिक हुदा घर जलेर नष्ट

साउन १८, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-४ स्थित ऐरीगाउँमा दुई तल्ले पक्की घर पूर्ण रुपमा क्षति भएको छ।

अ‍ैँरीगाउँका स्थानीय ६४ वर्षीय कान्छा खत्रीको घरमा आगलागी हुदाँ उहाँको २ तल्ले कच्ची घर आगलागीमा परेको हो।

बिहान खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी हुदाँ खत्री घरमा आगलागी भएको हो। आगलागीमा कुनै पनि मानविय क्षति नभएको हरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरीक्षक कपिल कार्कीले जानकारी दिनुभयो।

बिहान ८ः१५ बजेको समयमा खत्रीको घरमा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको थियो। पनौती नगरपालिकावडा नं ४ का वडा अध्यक्ष, वडा सदस्य, स्थानीबासी, प्रहरी चौकी पनौतीको सक्रियतामा आगलागी नियन्त्रणमा आएको थियो ।

आगलागीमा २६ लाख बराबरको धनमालको क्षति भएको विवरण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस