पनौती-७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास, १० शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरिने

नौलो समाचार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार मा प्रकाशित १२७० पटक पढिएको
पनौती-७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास, १० शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरिने

साउन २०, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ।

प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाले २ करोड लागतमा निर्माण हुने भवनको शिलान्यास गर्नु भएको हो। हाल रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शैयाको अस्पतालको रुपमा पूर्वाधार निर्माणका लागि भवन निर्माणको सुरुवात गरिएको हो।

१ करोड ९९ लाख ५८ हजार ९ सय ९८ रुपैयाँको लागतमा तयार गर्ने गरी इस्टमेट भएको भवनको बोलपत्र आव्हान पछि १ करोड २२ लाख ७४ हजार ९ सय ८७ रुपैयाँमा सम्झौता भएको वडा नम्बर-७ वडा अध्यक्ष सविन ताम्राकारले जानकारी दिनुभयो। विश्व सम्पदा सूचीमा सूचीकृतको प्रकियामा रहेको क्षेत्रमा नयाँ बन्ने स्वास्थ्य चौकी भवन पुरातात्विक र कलात्मक शैलीको हुने अध्यक्ष ताम्राकारले जानकारी दिनुभयो।

भवन शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामाले पनौतीमा रहेका स्वास्थ्य संस्थाहरूको स्तरउन्नतिको लागि आफुले पहल गर्ने र सहयोग र साथ सदाही रहले प्रतिवद्धता व्यक्त गर्नुभयो।

यस्तै, कार्यक्रममा पनौतीका नगर प्रमुख रामशरण भण्डारीले नगर क्षेत्रका स्वास्थ्य संस्थाहरूबाट हुने सेवाप्रवाह र स्तरउन्नतिको लागि आवश्यक अनुगमन गर्दै त्यस अनुरुपको कार्य गर्दै अगाडी बढ्ने बताउनुभयो।

भूकम्प पछि स्वास्थ्य चौकीले बर्थिङ्ग सेन्टर, मानसिक स्वास्थ्य लगायतका अन्य सेवाहरू उपलब्ध गराउँदै आएको छ।

कार्यक्रमा संविधान सभा सदस्य रामहरी सुवेदी, पूर्व नगर प्रमुख भीम न्यौपाने तथा सप्तकाजी बुद्धाचार्य, एमाले पनौती अध्यक्ष सुरेश हुमागाईँ, नेपाली काँग्रेसका श्रीराम थापालगायतका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस