पनौतीमा प्रादेशिक गुरुकुल सञ्चालमा ल्याउन प्रक्रिया अघि बढाइदै

पनौती त्रिवेणीघाट परिसरमा १६ वटुकलाई गुरुकुल शिक्षा दिईदै
नौलो समाचार संवाददाता
२०७९ श्रावण २१, शनिबार मा प्रकाशित ८८४ पटक पढिएको
पनौतीमा प्रादेशिक गुरुकुल सञ्चालमा ल्याउन प्रक्रिया अघि बढाइदै

साउन २१, काभ्रे। पनौतीमा प्रदेश स्तरीय सचितिर्थधमा गुरुकुल सञ्चालनमा ल्याउनको लागि प्रक्रिया अघि बढाइने भएको छ।

पनौती त्रिवेणीघाट परिसरमा रहेको सत्तलमा १६ वटुकलाई शिक्षा प्रदान गरिरहेको गुरुकुललाई संस्थागत गरि अघि बढाउन स्थानीयबासिहरु लागिपरेका छन्।

पनौतीमा स्थापना गर्न लागिएको गुरुकुलको नेतृत्व युवा पण्डित अच्युत भट्टराइले गर्नुभएको छ। शनिवार गुरुकुलप्रति जनचासो राख्ने स्थानीय व्यक्तिहरुको भेलाले पनौतीको गुरुकुललाई संस्थागत ढंगले अघि बढाउन सबै पक्षको सहयोग लिने र कानुनी प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ। पनौतीमा गुरुकुल स्थापना गर्ने कुरामा सबै पनौतीवासीको एकमत रहेको बताउदै स्थानीय समाजसेवी विश्वेश्वर वञ्जारा बताउनुहुन्छ।
सनातन वैदिक धर्म र हिन्दु संस्कारलाई जगेर्ना गरि अघि बढाउँन तथा पनौती नगरलाई पुण्य भुमि र धार्मिक पर्यटकीय नगरिको रुपमा विकास गर्न पनि गुरुकुल स्थापना गर्नुपर्ने उहाँको भनाई छ।

गुरुकुलमा अध्ययनरत वटुकहरुलाई कर्मकाण्ड र धर्म संस्कृतीको मात्र हैन आधुनिक शिक्षाको पनि ज्ञान प्रदान गरिने भन्दै गुरुकुलबाट निस्कने विद्यार्थी विश्व वजारमा प्रतिस्पर्धा गर्ने क्षमताको हुनुपर्ने स्थानीय शरद भण्डारी बताउनुहुन्छ। भण्डारी भन्नुहुन्छ-‘अब हामी पहिले दर्ता प्रक्रियाबाट अघि बढ्छौ। अबको गुरुकुल बहुउदेश्यीय हुने भन्दै उहाले सार्वजनीक गुठी अन्तर्गत दर्तामा रहने गरि विधान लेखन कार्य भैरहेको बताउनु भएको छ।’

पनौतीको गुरुकुललाई संस्थागत रुपमा अघि बढाउन सबैको सहमति हुने भन्दै काग्रेस नेता तिर्थ पसखलले गुरुकुल स्थापना गरि परम्परा, संस्कृति बचाउन र धार्मिक जागरण ल्याउन कसैको पनि विमति नहुने बताउनुभयो।

भेलामा स्थानीय समाजसेवी रामकुमार बस्नेतले गुरुकुल शिक्षालाई टिकाउन र निरन्तरता दिन स्थानिय सरकारले पनि विशेष चासो राख्नु पर्ने बताउनु भएको थियो।

‘शिक्षा र संस्कार दुवै प्रदान गर्ने गुरुकुल नै हो’ स्थानीय शिक्षक केदार आचार्य भन्नुहुन्छ– गुरुकुललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैले साथ दिन्छन्। वृहत योजना तर्जुमा गरेर अघि बढेमा सबैको साथ सहयोग रहने भन्दै स्थानीय उत्तम श्रेष्ठले गुरुकुल स्थापनाको लागि अग्रमोर्चामा जनप्रतिनिधिहरुलाई पनि सहभागि गराउनु पर्ने धारणा राख्नु भएको थियो।

पनौतीमा वाग्मती प्रदेश स्तरीय गुरुकुल स्थापनाको लागि अग्रमोर्चामा लागिरहुनुभएका व्यवसायी प्रदिप वोगटीले गुरुकुलको लागि आवश्यक सबै प्रकारको सहयोग गर्न आफु तयार रहेको बताउनु भएको छ।

पछिल्लो समय पनौतीमा धार्मिक गतिविधि बढ्दै गएको भन्दै गुरुकुलको नेतृत्व गरिरहनु भएका गुरु अच्युत भट्टराईले सबैको साथ र सहयोग भएमा पनौतीलाई धार्मिक नगर बनाउन धेरै समय नलाग्ने बताउनु भएको छ।


प्रतिक्रिया दिनुहोस