काभ्रेमा आज ११ जनामा संक्रमण, ७ जना उपचारपछी निको भए

नौलो समाचार संवाददाता
२०७९ श्रावण २५, बुधबार मा प्रकाशित ५०८ पटक पढिएको
काभ्रेमा आज ११ जनामा संक्रमण, ७ जना उपचारपछी निको भए

साउन २५, काभ्रे। काभ्रेमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९२ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै आजै ७ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईँका अनुसार काभ्रेमा अहिले ११६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन्। जहाँ ४७ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, बनेपामा ३१ जना, पनौतीमा १४, पाँचखालमा १०, नमोबुद्धमा २, मण्डनदेउपुर १ तथा चौंरीदेउराली गाउँपालिका ९, बेथानचोकमा १, रोशीमा १ जना सक्रिय संक्रमित रहेका छन्।

भुम्लु गाउँपालिका, तेमाल, खानिखोला, महाभारतमा हालसम्म संक्रमितको संख्या शुन्य रहेको छ।

प्रतिक्रिया दिनुहोस