पनौती नगरपालिकाले मोतिबिन्दु रोगकोे उपचार नि:शुल्क गरिदिने

नौलो समाचार संवाददाता
२०७९ श्रावण २६, बिहिबार मा प्रकाशित ६०९ पटक पढिएको
पनौती नगरपालिकाले मोतिबिन्दु रोगकोे उपचार नि:शुल्क गरिदिने

साउन २६, काभ्रे। पनौती नगरपालिकाले मोतिबिन्दु रोगकोे उपचार नि:शुल्क गर्ने भएको छ। यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालसंग सम्झौता समेत गरेको छ।

पनौती नगरबासीको आँखाको उपचार गर्ने बारे आज बिहिबार नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार पनौतीमा अवश्यक्ता अनुसार वडाहरुमा मासिक आँखा उपचार शिविर पनि सञ्चालन गरिने छ। साथै, नगरपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मीहरुलाई तालिम पनि प्रदान गरिने छ।

नगरपालिका र आँखा अस्पतालवीच भएको सम्झौताले नगरबासीहरुको मोतिबिन्दु रोगको सहज र गुणस्तरीय उपचार हुने नगरप्रमुख भण्डारीले बताउनु भएको छ।

यस्तै सम्झौता अनुसार गत वर्ष ९० जना पनौतीबासीको मोतीविन्दुको शल्यक्रिया भएको थियो।
पनौती नगरसंगको सम्झौताले मोतीविन्दु रोग न्युनिकरण अभियानमा थप सहयोग मिलेको बताउदै अस्पतालका महासचिव शर्माले बताउनुभयो।

बनेपाको मासुनागा आँखा अस्पतालले मोतिबिन्दु रोगीको नि:शुल्क उपचार गर्न काभ्रेको बनेपा, नमोवुद्ध नगरपालिका र वेथानचोक गाउँपालिकासंग पनि सम्झौता गरेको छ।

साथै यो अस्पतालले सिन्धुपाल्चोकको बलेफि गाउँपालिका, धनुषाको मिथिला, छिरेश्वर र कमला नगरपालिकासंग पनि सम्झौता गरेको छ। मासुनागा आँखा अस्पतालको धनुषाको धल्केवरमा पनि शाखा रहेको छ।

प्रतिक्रिया दिनुहोस