धनेश्वर मन्दिर परिसरमा सरसफाई तथा वृक्षारोपण

नौलो समाचार संवाददाता
२०७९ श्रावण २८, शनिबार मा प्रकाशित ४२८ पटक पढिएको
धनेश्वर मन्दिर परिसरमा सरसफाई तथा वृक्षारोपण

साउन २८, काभ्रे। बनेपा धनेश्वर महादेब मन्दिर परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काभ्रे जिल्ला युवा समितिको आयोजनामा धनेश्वर महादेब मन्दिरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको हो।

आज शनिबार जिल्लाको युवाहरुको सहभागितामा मन्दिर आसपासमा सरसफाई एवं वृक्षारोपण गरेर युवाहरुले युवा दिवस मनाएको हो। अन्तर्राष्ट्रिय युवा दिवस शुक्रबार परेपनि नेपालीहरुको पर्व जनैपुर्णिमा परेको कारण आज सरसफाई एवं वृक्षारोपण आयोजना गरेर युवा दिवस मनाएको जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले बताउनुभयो। युवाहरु बिभिन्न कार्यक्रमहरुमा सहभागिता भएर ऐतिहासिक कला सम्पदाहरुको संरक्षण गर्न प्रेरित गर्नको लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको थापाले बताउनुभयो। युवाहरु सचेत भएर जनचेतना दिने हरेक कार्यहरुमा सहभागिता हुनुपर्छ भन्ने उद्धेश्यले मन्दिरमा सरसफाई कार्यक्रम आयोजना गरिएको थापाले बताउनुभयो।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर-५ का अध्यक्ष बिनोद खत्रीले युवाहरुले चाहे भने हरेक खालको समस्यहरु समधान हुने बताउनुभयो। युवाहरु एक भए हरेक काम गर्न सकिने बताउदै उहाले त्यसैको उदाहरण आज भएको सरसफाईले समेत देखाएको बताउनुभयो। अहिले पछिल्लो समयमा युवाहरु बिभिन्न कुलतमा फसिरहेको तर त्यस तर्फ ध्यान दिएर युवाहरुलाई सृजनशिल कार्यहरुमा जोड्दिदै जानुपर्ने वडा अध्यक्ष खत्रीले बताउनुभयो।

धनेश्वर क्षेत्र बिकास कोषका अध्यक्ष गोबिन्द थापाले जिल्लाको युवाहरु मिलेर मन्दिर आसपास सरसफाई एवं वृक्षारोपण कार्य गरिएकोमा धन्यवाद ब्यक्त गर्दै आम युवाहरु सामाजिक कार्यमा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।

सरसफाई एवं मन्दिर वरपर वृक्षारोपण कार्यक्रममा स्थानियहरु, पनौती चौकीका प्रहरी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस