पर्साका किसानले ६ ट्रक मल नियन्त्रणमा लिए

नौलो समाचार संवाददाता
२०७९ श्रावण २९, आईतबार मा प्रकाशित ६८८ पटक पढिएको
पर्साका किसानले ६ ट्रक मल नियन्त्रणमा लिए

साउन २९, काठमाडौं। पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन्।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन्।

बाहिरका जिल्लामा पठाउन लागेको मल नियन्त्रणमा लिएर किसानले महानगरपालिकाको कार्यालयमा लिएर राखेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताउनुभयो।

पर्सा जिल्लाबाट अन्य जिल्ला मल लैजाने गरिन्छ। तर, यहाँका किसानले धुलोबाहेक केही पाउँदैन। यसकारण किसान आफैले मल नियन्त्रणमा लिएर महानगरपालिको कार्यालयमा ल्याएर सुरक्षित राखेका छन्।’मेयर सिंहले बताउनुभयो।

पर्सामा धान गोड्ने बेला हुँदा पनि किसानले मल पाएका छैनन्। त्यसैले किसान आक्रोशित भएर मल नियन्त्रणमा लिएको मेयर सिंहले  बताउनुभयो।

प्रतिक्रिया दिनुहोस