काभ्रेमा एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ श्रावण ३०, सोमबार मा प्रकाशित ६०८ पटक पढिएको
काभ्रेमा एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

साउन २५, काभ्रे। काभ्रेमा आज एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाटै १ जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १६४ जनामा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै आजै १९ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईँका अनुसार काभ्रेमा अहिले १०९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन्। जहाँ ४४ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, बनेपामा १४ जना, पनौतीमा १४, पाँचखालमा १५, नमोबुद्धमा १, मण्डनदेउपुर १ तथा चौंरीदेउराली गाउँपालिका १९ र रोशीमा १ जना सक्रिय संक्रमित रहेका छन्।

बेथानचोक गाउँपालिका, भुम्लु , तेमाल, खानिखोला, महाभारतमा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ।

प्रतिक्रिया दिनुहोस