कुशादेवीकी असहाय वृद्धालाई दयालु जंगम परिवारको सहयोग

नौलो समाचार संवाददाता
२०७९ भाद्र ५, आईतबार मा प्रकाशित ६१९ पटक पढिएको
कुशादेवीकी असहाय वृद्धालाई दयालु जंगम परिवारको सहयोग

भदौ ५, काभ्रे। चरम गरिबीको मारमा जीवन गुजारा गरिरहनुभएकी पनौती नगरपालिका-३ ओडारे निवासी ६७ वर्षिया एकल महिला सिता सापकोटालाई आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएको छ।

पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोक्तान जंगमले आज आइतवार पिडित वृद्धाको घरमै पुगेर खाद्यान्न, लत्ताकपडा तथा आर्थिक सहयोग गर्नुभएको हो। केहि समय अघि कुशादेवी-३ निवासी ७५ वर्षीय वृद्ध आमालाई पनि जंगम परिवारले यस्तै राहत सामग्री प्रदान गरेको थियो। उहाँ पनि चरम गरिबीको मारमा पर्नुभएको थियो भने उहाँको छोरा १७ वर्षदेखि बेपत्ता भएका छन्। ती वृद्ध आमालाई एकवर्षको लागि खाद्य समाग्री उपलब्ध भएको थियो।

दुई वर्ष अघि श्रीमान हर्कवहादुर गुमाएकी सिताले ६ महिना अघि छोरा कृष्णवहादुरको मृत्युको खवरले थप पिडा दिएको थियो। स्थानीय सरस्वती सापकोटाले जानकारी दिए अनुसार आडारे गाउको एकान्त कुनामा घरमा बस्ने सिताको छोरा पोखरामा मृत्यु भएको खवर ६ महिना अघि आएको थियो। ‘ढुंगा खानीले किचेर छोरोको मृत्यु भयो, खोला बगरमा लाश भेटेको भन्ने खवर आएको हो’ छिमेकी सरस्वतीले भन्नुभयो– यहि खवरको आधारमा काज किरिया गरिएको हो।

सिताको एक वुहारी भएपनि पोखरा माइतीमै बसेको कारण यहा एक्लै भएको गाउँलेको भनाई छ। उनको ६ वर्ष र १३ महिनाको दुई नाती पनि छन्। श्रीमानको मृत्यु भएको, छोराको पनि मृत्यु भएपछी बुहारी यहाँ नबसेको कारण सितालाई हातमुख जोर्न धौधौ भएको छ।

उनको यहि अवस्था देखेर स्थानीय समाजसेवी महेश थापाले जंगम परिवारलाई केहि राहतको व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो। समाजसेवी थापाको अनुरोधलाई सहर्ष स्वीकार गर्दै दयालु जंगम परिवारले यी वृद्धालाई आवश्यक लत्ता कपडा, राशन सबै उपलब्ध गराईदिएका हुन्।

पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाको पति जंगवहादुर जंगम र छोरा पुजन जंगमले वृद्धाको घरमै पुगेर रासन उपलब्ध गराईदिए पछि स्थानीय वासिहरुले उहाँहरुको कार्यको प्रशंसा गरेका थिए।


प्रतिक्रिया दिनुहोस