नायिका करिश्माविरुद्ध उजुरी दिने तयारीमा निहारिका

नौलो समाचार संवाददाता
२०७९ भाद्र १०, शुक्रबार मा प्रकाशित ६३० पटक पढिएको
नायिका करिश्माविरुद्ध उजुरी दिने तयारीमा निहारिका

भदौ १०, काठमाडौं। नायिका करिश्मा मानन्धरविरुद्ध आफ्ना निजी तस्वीर सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै निहारिका राजपुतले साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन्। करिश्माले केही दिन अगाडि मात्र निहारिक र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरिदिएकी थिइन्।

निहारिक लामो समयदेखि शिवराजले आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै न्यायका लागि लडाई लडिरहेकी छिन्। जनकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेष्टका लागि आदेश दिइसकेको छ।

गत असारमा निहारिक अनसन बस्दा पनि करिश्माले आवाज उठाएकी थिइन्। उनले, निहारिकालाई सहयोग गर्ने समेत बताएकी थिइन्। त्यसपछि निहारिक र करिश्माविच भेटघाट पनि भएको थियो।

निहारिकाले करिश्माले दिएको २० हजार रुपैयाँ फिर्ता गर्दै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेकी हुन्। करिश्माले आफ्नो चरित्रहत्या गर्दै गोपनियता पनि उल्लंघन गरेको निहारिकाको भनाई छ।

प्रतिक्रिया दिनुहोस