पनौतीको गोरखनाथमा गणेश मुर्ति स्थापनासंगै धर्मिक र पर्यटन केन्द्र बन्दै

नौलो समाचार संवाददाता
२०७९ भाद्र १३, सोमबार मा प्रकाशित ६८९ पटक पढिएको
पनौतीको गोरखनाथमा गणेश मुर्ति स्थापनासंगै धर्मिक र पर्यटन केन्द्र बन्दै

भदौ १३, काभ्रे। ऐतिहासिक पनौती नगरको गोरखनाथ डाँडामा पञ्चधातुद्धारा ९ फिट अग्लो गणेश ‘आकाश विनायक’को मुर्ति निर्माण भएसंगै पनौतीको सौन्दर्य थपिएको छ। साथै, इच्छा शक्ति भयो भने चन्दा संकलनबाटै आफ्नो गाउँ ठाउलाई सुन्दर बनाउन सकिन्छ भन्ने उदाहरण पनि स्थापित भएको छ।

पनौतीको गोरखनाथ डाँडा आफैमा ऐतिहासिक ठाउँ हो। यो डाँडाको ४ रोपनि क्षेत्रफलमा गणेश मुर्तिका साथै शिलाको कुमार गणेश, रिद्धिसिद्धको मुर्ति, आकर्षक गार्डेन, भक्तहरुको विश्राम कक्ष, व्यवस्थापनको लागि सचिवालय लगायत निर्माणले थप आकर्षण दिएको छ।

आकाश विनायक संरक्षण समितिले चन्दा संकलन गरि निर्माण गरेको यो ठाउँ अहिले पनौतीको एक धार्मिक केन्द्र बनेको छ। गणेश मुर्ति निर्माण भएसंगै धर्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ।

आकाश विनायक संरक्षण समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिए अनुसार गत माघ महिनामा १२ वर्षे मकर मेलाको अवसर पारेर १००८ मशेश आश्रमका पिठाधिश रमाणानन्द गिरि महाराजबाट गणेश मुर्तिको उद्घाटन गरिएको थियो।

हिन्दु नारीहरुको महान पर्वको रुपमा लिइने तिजको अवसरमा गणेश चतुर्थिको दिन चन्दादाताहरुको नामावली सार्वजनिक गर्न लागेको अध्यक्ष बस्नेतको भनाई छ।

धार्मिक पर्यटक पवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएको यो कार्यको लागि चन्दा संकलन बाट ९० लाख रुपैया संकलन भएको अध्यक्ष बस्नेतले बताउनु भएको छ। उहाँका अनुसार ६९ लाख रुपैया खर्च भएको छ। २० लाख रुपैयाको संरक्षण कोष राखि यसको व्याजवाट नित्यकर्म, पुजापाठ र सरसफाई गरिदै आएको उहाँले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस