जंगम परिवारले कुशादेवीका दुई असाहय वृद्धा आमालाई दर खुवाए

नौलो समाचार संवाददाता
२०७९ भाद्र १४, मंगलबार मा प्रकाशित ५३० पटक पढिएको
जंगम परिवारले कुशादेवीका दुई असाहय वृद्धा आमालाई दर खुवाए

भदौ १४, काभ्रे। तीजको अवसरमा पनौती-३ कुशादेवी निवासी दुई असाहय वृद्धा आमाहरुलाई दर खुवाईएको छ।

पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोक्तान जंगमको परिवारले तीजमा दर खुवाएपछि असाहय वृद्धा खुशी भएका छन्। असाहय वृद्धा मैया सापकोटा र सिता सापकोटाको घरमै पुगेर जंगम परिवारले तीजको दर खुवाइदिए पछि उनीहरु खुशीले गद्गद भएका हुन्।

आर्थिक अवस्था समेत कमजोर रहेका यी दुई वृद्धालाई जंगम परिवारले यस अघि पनि लत्ता कपडा, राशन उपलब्ध गराईदिएका थिए। यी दुवै वृद्धा एकल महिला हुन्।
७५ वर्षिया मैया सापकोटाको श्रीमान २० वर्ष अघि मृत्यु भएको थियो भने छोरा १७ वर्ष देखि वेपत्ता छन्। ६७ वर्षिया सिता सापकोटाको दुईवर्ष अघि श्रीमानको मृत्यु भएको थियो भने ७ महिना अघि छोराको पनि मृत्यु भएको थियो। यी दुवै वृद्धा अहिले एक्लै जिवन यापन गरिरहेका छन्।

पनौती उद्योग वाणिज्य संघका उपाध्यक्ष पुनमका साथै उहाको श्रीमान जंगवहादुर जंगमले यी दुई वृद्धाको लागि आवश्यक खाध्यान्न लत्ताकपडा तथा औषधि उपचारको लागि समेत खर्च व्यहोर्ने बताउनुभएको छ।

‘आफ्नो कोही छैन भन्ठानेको थिए सबै भएको महशुस गाराईदिनु भएको छ’ मैया सापकोटा भन्नुहुन्छ– जंगम परिवारको सहयोगले हर्षित भएको छु।
सिता सापकोटा पनि मैयाको जस्ते खुशी प्रकट गर्दै जंगम पपरिवारले आफ्नो र मर्मत समेत गरिदिने बताएपछि अझ बढी खुशी हुनुहुन्छ।

असाहय वृद्धवृद्धाहरुलाई सहयोग गर्ने आफ्नो अभियान जारी राख्ने भन्दै उपाध्यक्ष पुनमले यी आमालाई भेट्दा साच्चिकै भगवान भेटेको महशुस हुने बताउनुहुन्छ।

पनौतीका सामाजिक अभियान्ता रामकुमार बस्नेतका अनुसार असाहय, गरिव नागरीकहरुको सेवामा जंगम परिवारले गरेको सहयोग सबैको लागि उदाहरणीय छ।

पनौती नगर क्षेत्रका अन्य ठाउमा पनि यस्तै किसिमका एकल, असहाय, आर्थिक रुपले बिपन्न वृद्धा आमाहरुको लागि पनि नगरपालिका तथा यस्तै सहयोगी, दयालु मन भएका समाजसेविहरुले सहयोग गर्नुपर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस