बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुँदै

नौलो समाचार संवाददाता
२०७९ भाद्र १४, मंगलबार मा प्रकाशित ४९४ पटक पढिएको
बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुँदै

भदौ १४, काभ्रे। बनेपामा पहिलो पटक “बनेपा म्युजिक फेस्टिभल” हुने भएको छ।

मञ्जुश्री फाउण्डेशनको आयोजनामा उक्त म्युजिक फेस्टिभल हुन लागेको हो। फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा स्थानीय म्युजिकल ब्याण्डसँगै राष्ट्रियस्तरका म्युजिकल ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

उक्त फेस्टिभलमा “द एड्ज ब्याण्ड”, “द अल्केमिस्ट”, “ए.एस.एम.” र “फन्क फु” लगाएतका म्युजिकल ब्याण्डको प्रस्तुति रहनेछ।

बनेपामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र बनेपाको लायकु दरबारको व्यवस्थित रूपमा सदूपयोग गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको फेस्टिभलमा करीब २ हजार श्रोताहरूको सहभागी रहने अपेक्षा लिएको आयोजक पक्षले जान्कारे दिएका छन्।

स्थानीय क्षेत्रमा प्रोजेक्ट गरिरहेका युवाहरूलाई उर्जा भर्न समेत सहयोग पुग्ने अपेक्षा लिएर कार्यक्रम गर्न लागिएको फेस्टिभलका लागि सहभागी हुन इच्छुकले टिकेट संसारबाट आफ्नो टिकेट बुकिङ्ग गर्न सक्नेछ।

बनेपा म्युजिक फेस्टिभल आगामी भदौ १८ गते शनिवार दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस