अहंकारको आयु लामो हुदैन

माधव खनाल, लमजुङ
२०७९ भाद्र १५, बुधबार मा प्रकाशित ११४१ पटक पढिएको
अहंकारको आयु लामो हुदैन

कविता : अहंकारको आयु लामो हुदैन

सक्दैन घमण्डले शिखर चुम्न
न सक्छ जीवन सुखमा जीउन
मूर्खमा दोष हुन्छ जस दिदैन
अहंकारको आयु लामो हुदैन

ढल्काउछ तराजु पारेर पाटो
घमण्ड सधै दुषित हुन्छ बाटो
ज्ञानको भण्डार दम्भले छुदैन
अहंकारको आयु लामो हुदैन

ढसर अतिनै देखाउछ मूर्ख
खहरे जसरी उर्लन्छ वर्ख
दम्भको जीवन खुसीले रम्दैन
अहंकारको आयु लामो हुदैन

आफन्त टुट्छन् हुँदा विश्वास घाती
छलछाम छोप्न गर्छन् नाना भाती
मनभित्र उज्यालो ज्योती छुदैन
अहंकारको आयु लामो हुदैन

विद्यत्व सुनाम चल्छ वरपर
घमण्डले बन्दछ डरको घर
बने सदाचारी केही चाहिदैन
अहंकारको आयु लामो हुदैन

घमण्डको ज्वाला उफ्रियो जहिले
ज्ञान सागरमा डुबेन कहिले
किनार किनारमै पार पुग्दैन
अहंकारको आयु लामो हुदैन

 

माधव खनाल
लमजुङ


प्रतिक्रिया दिनुहोस