भुम्लुमा जनतासँग कांग्रेस अभियान सुरु

नौलो समाचार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार मा प्रकाशित ४६९ पटक पढिएको
भुम्लुमा जनतासँग कांग्रेस अभियान सुरु

भदौ १७, काभ्रे। आगामी मङ्सिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस काभ्रेले जिल्लाका प्रतिनिधि सभाका २ र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनतासँग कांग्रेस अभियान कार्यक्रम गरिरहेको छ।

आसन्न प्रदेश सभा तथा संसदीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस भुम्लु गाउँपालिकाले जनतासँग कांग्रेस अभियान सुरु भएको छ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भुम्लुमा अभियान संचालन भएको हो। कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य आचार्यले सबै मतदाताहरूलाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्ने, जनताको घर घरमा पुगी जनताका गुनासा, सुझाव सुन्ने लगायतको मुख्य एजेण्डा रहेको बताउनुभयो। आचार्यले जनताका घर-घरमा पुगी कांग्रेसले गरेको विकास निर्माण तथा कामको बारेमा जानकारी गराउदै नेपाली कांग्रसको अवस्था मजबुत बनाउने, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन जनतासँग अपिल गर्ने जानकारी दिनुभयो।

कार्यक्रमका सभापति समेत रहेका भुम्लु गाउँ समितिका अध्यक्ष तथा भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेनद्रमान तामाङ्ग (दावा)ले स्थानीय तहको निर्वाचनमा आफूले पाएको मत प्रतिनिधी सभा/प्रदेश सभा निर्वाचनमा कांग्रेस उम्मेदवारले पाउने बताउदै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा नेपाली कांग्रेस लागिसकेको बताउनुभयो। नेपाली जनताको भरोसाको एक मात्र पार्टी नेपाली कांग्रेस भएकोले घरदैलोमा गएर नेपाली कांग्रसको बारे बुझाउनुपर्ने तामाङ्गले बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका पूर्व उप-सभापति अच्युत पौडेल, पूर्व क्षेत्रिय सभापति सुन्दरमणि आचार्य, क्षेत्रिय सभापति हेमकुमार लामा, केन्द्रिय महाधिवेशन प्रतिनिधि मन्जु शाह ठकुरी लगायतका नेताहरुले आसन्न प्रतिनिधी सभा, प्रदेश सभा निर्वाचनमा पार्टीले गर्ने गठबन्धन सम्मानजनक हुनुपर्ने मा जाेड दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस