डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो, पेट्रोलको भने यथावत्

नौलो समाचार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार मा प्रकाशित ३६६ पटक पढिएको

डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो, पेट्रोलको भने यथावत्

भदौ १७, काठमाडौँ। नेपाल आयल निगममले डिजेल मट्टितेलको मूल्यवृद्धि गरेको छ।

हिजो भदौ १६ गते आईओसीबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो। यसअघि ३ पटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थिएन।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भनेे बढाएको छैन।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो।

जसअनुसार अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


प्रतिक्रिया दिनुहोस