कक्षा १२ को परिक्षाफल सार्वजनिक, ४ हजार १७९ जनाले ल्याए ३.६१ देखि ४ जीपीए

नौलो समाचार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार मा प्रकाशित ३३७ पटक पढिएको
कक्षा १२ को परिक्षाफल सार्वजनिक, ४ हजार १७९ जनाले ल्याए ३.६१ देखि ४ जीपीए

भदौ १७, काठमाडौं। कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ।

राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परिक्षामा ४ लाख १० हजार परिक्षार्थी सहभागी भएका थिए ।

ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको उनले जानकारी दिए ।

यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस् । https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना सहभागी थिए ।

यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याउन सफल भएएका छन् । यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० ल्याउने ६५ हजार २८४ जना, २.४० देखि २.८० ल्याउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए ल्याउने १० हजार ९ सय र १.६१ देखि २ जीपए ल्याउने ३५ रहेको बोर्डले जनाएको छ ।

यसैगरी १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेको पनि बोर्डले जनाएको छ । बोर्डका अनुसार विद्यार्थीले कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ उल्लेख हुनेछ भने नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुनबाट बञ्चित हुनेछन् ।

दुई विषयसम्म नन ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि गर्न पाउने छन् । शुक्रबार सार्वजनिक भएको परीक्षाफलअनुसार १ लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने छन् । ग्रेडवृद्धि परीक्षा यहिँ असोज ३० र ३१ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस