जिन्दगी

बसन्त नकर्मी
२०७९ भाद्र १८, शनिबार मा प्रकाशित १०१४ पटक पढिएको
जिन्दगी

जिन्दगी !
पातमा अल्झिएको शीत जस्तै हो

घामले सेक्दै लाँदा
क्षितिज पारी विलाउँछन् शून्यसरी

यदि
कसैगरी कहीँ कतै तप्किएछ भनेपनि
अस्तित्वविहिन हुन्छ
त्यो शीत

– न धर्ती रसाउँछ
– न माटो उर्वराउँछ
– न त कुनै वृक्षले शीतलता नै ! ?

फरक त्यति धेरै छैन – शीत र जिन्दगीमा

शीतले एक थोपा र जिन्दगीले एक मुठ्ठी सास बोक्छ
बस् ।

– बसन्त नकर्मी


प्रतिक्रिया दिनुहोस