रोगले थलिएर बसेका असहायलाई नि:शुल्क उपचार गर्दै ‘आर्शु स्मृति प्रतिष्ठान’

एक छोरीको सम्झनामा हजारौँ छोरी तथा दुखीहरुको मुहारमा खुसी ल्याउने प्रयास गर्दै छु: रुपेश काफ्ले
नौलो समाचार संवाददाता
२०७९ भाद्र २०, सोमबार मा प्रकाशित ४९२ पटक पढिएको
रोगले थलिएर बसेका असहायलाई नि:शुल्क उपचार गर्दै ‘आर्शु स्मृति प्रतिष्ठान’

भदौ २०, काभ्रे। आर्शु स्मृति प्रतिष्ठान नेपालले आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसकेका असहाय व्यक्तिहरुको नि:शुल्क उपचार गराईरहेको छ।

हालसम्म २ जना आर्थिक अवस्था कजोर भई आफ्नो उपचारसमेत गराउन नसकेका बिपन्न परिवारका व्यक्तिहरुलाई नि:शुल्क उपचारमा सहयोग पुर्याईसकेको प्रतिष्ठान केहि दिन अघि धुलिखेलका रामबहादुर खत्रीको उपचार गराईरहेको आर्शु स्मृति प्रतिष्ठानका संस्थापक रुपेश काफ्लेले जानकारी दिनुभयो।

उपचार गराउन नसकी रोगले थलिएर बसको अवस्थामा प्रतिष्ठानका पदाधिकारीहरुले उद्धार गरी धुलिखेल अस्पतालमा भर्ना गरी नि:शुल्क सम्पूर्ण उपचारको व्यवस्था गरेको हो।

यसअघि, आर्शु स्मृति प्रतिष्ठानले खानीखोला गाउँपालिकाका १ र पाँचखाल नगरका १ जना गरी २ जना पुरुषको उपचार गराईसकेको छ।

हाल उपचाररत धुलिखेल नगरपालिका वडा न ९ बस्ने रामबहादुर खत्रीको उपचार जारी रहेको र स्वस्थ्य अवस्था सुधार हुदै गरेको प्रतिष्ठानका संस्थापक काफ्लेले जानकारी दिनुभयो।

एक छोरीको पिडा र सम्झनामा आफुले हजारौँ छोरी तथा दुखीहरुको मुहारमा खुसी ल्याउने प्रयास गरिरेको उहाँको भनाई छ।

६ महिना अघि धुलिखेल अस्पतालका स्वस्थ्यकर्मिको लापवाहिका कारण २ वर्षीय छोरी आर्शुको निधन भएपछी उनकै सम्झनामा बाबु रुपेश काफ्लेले ‘आर्शु स्मृति प्रतिष्ठान नेपाल’ नामको संस्था स्थापना गरी विभिन्न बालबालिका तथा असहाय दुखिहरुको सेवा गर्दै आउनुभएको छ।

छोरी आर्शुको सम्झनामा वर्षैभरी विभिन्न सेवामुलक कार्यक्रम गरिरहेको आर्शु स्मृति प्रतिष्ठानका संस्थापक काफ्लेले बताउनुभयो।

छोरीको सम्झनामा सेवामुलक कार्य गर्दा आफूलाई खुसी मिल्ने काफ्ले बताउनुहुन्छ।

केहि समय अघि प्रतिष्ठानका तर्फबाट परिबर्तनका लागि हामी परिवारमा रहेका ८ बालिकालाई शैक्षिक सामाग्री र ट्र्याक सहयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस