१९ औं निजामती सेवा दिवसको अवसरमा बेथानचोकमा बृक्षारोपण

नौलो समाचार संवाददाता
२०७९ भाद्र २२, बुधबार मा प्रकाशित ५९३ पटक पढिएको
१९ औं निजामती सेवा दिवसको अवसरमा बेथानचोकमा बृक्षारोपण

भदौ २२, काभ्रे। बेथानचोक गाउँपालिकामा आज १९ औं निजामती सेवा दिवसका अवसरमा बृक्षारोपण गरिएको छ।

निजामती सेवा दिवसका अवसरमा बेथानचोक-२ को ग्वाभन्ज्याङ्गस्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा बृक्षारोपण कार्यक्रम गर्दै मनाइएको हो।

‘ब्यवसायिक र सिर्जनशिल प्रशासन बिकास समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ दिवसका अवसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरि मनाइएको बेथानचोक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र गाउँपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले निजामती सेवा दिवसको थालनी र उद्देश्यमाथि प्रकाश पार्दै निजामती कर्मचारीहरुले सिमित श्राेत र साधनको उपयोगले सार्वजनिक सेवा प्रवाह गर्दै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभएको थियो।

यस्तै, प्रमुख अतिथि तारा राना तिमल्सिनाले तिनै तहका सरकारका नीति कार्यक्रमलाई अगाडी बढाउदै कार्यान्वयन गर्दै बिकास र समृद्धि ल्याउने कार्यमा निजामती कर्मचारीहरुको भुमिकाको उच्च सम्मान रहेको बताउनुभयो। साथै उहाँले निजामती कर्मचारीहरुसंगै हातेमालो गर्दै समृद्ध बेथानचोक बनाउन सधैं सकारात्मक साथ सहयोगको अपेक्षा रहने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सय भन्दा बढी बिभिन्न जाताका रुखका विरुवा रोपिएको गाउँपालिका प्रवक्ता एवं वडा १ का अध्यक्ष मधुसूदन तिमल्सिनाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस