हजारको नक्कली नोट सहित रोशीबाट एक जना पक्राउ

नौलो समाचार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार मा प्रकाशित ४५२ पटक पढिएको

हजारको नक्कली नोट सहित रोशीबाट एक जना पक्राउ
????????????????????????????????????

भदौ २४, काभ्रे। काभ्रेमा नेपाली नक्कली नोट सहित  एक जना पक्राऊ परेका छन्।

रोशी गाउँपालिका वडा नम्बर-७ बडारे गाउँबाट ३० वर्षको नारायण पाख्रिनलाई पक्राउ गरिएको हो।

मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर-८ कमाने घर भएका पाख्रिनले नम्कली नेपाली रुपैयाको नोटहरु बोकी हिडीरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कानुन बमोजिम नियन्त्रणमा लिई तलासी गर्दा  निज पाख्रिनको साथबाट हजारका ९ वटा (९ हजार) रुपैंया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो।

पक्राउ परेका पाख्रिनको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस