लक्ष्य अघि

कवि : राजेन्द्र परदेशीकवि : राजेन्द्र परदेशी अनुवादक : कमला तामाङ
२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ७२७ पटक पढिएको

लक्ष्य अघि

लक्ष्य अघि
जन्मसँगै
छाउँछ बादल
हस्तरेखाहरूमा

छोपिदिन्छ
मनको शान्ति
आपतको प्रकोपले
मौकाको खोजीमा
स्वार्थीहरू
लाभको फसल
उब्जाइरहेका हुन्छन् ।
इच्छाको खेतबारीमा

पीठ
थपथपाउँदै
सान्तावनाका
औंलीहरूले
त्यसपछि
देखाउंँछन्
अप्सराहरू
आफ्ना अनुहार
अनि
हुन्छ असत्यको
प्रकाश ।
फेरि सोंच
कपटी हुन्छ

बीच मझधारमा
भट्किरहेछ डुङ्गा
त्यसैले
आकांक्षाले पनि
अन्तिम श्वास लिन्छ
अनि
उद्देश्य प्राप्ति बीच
वीरगति पाउँछ
लक्ष्य अघि
पानीमा ।।

मिरिक, दार्जीलिङ






प्रतिक्रिया दिनुहोस