नवदुर्गा साकोसको गणेशस्थानमा अत्याधुनिक सुबिधासम्पन्न भवन उद्घाटन

नौलो समाचार संवाददाता
२०७९ भाद्र २५, शनिबार मा प्रकाशित १२१८ पटक पढिएको
नवदुर्गा साकोसको गणेशस्थानमा अत्याधुनिक सुबिधासम्पन्न भवन उद्घाटन

भदौ २५, काभ्रे। पनौतीमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै नवनिर्मित भवनको उद्घाटन गरेको छ।

आज शनिबार आफ्नो १९ औं साधरण सभाको अवसर पारी पनौती वडा नं-९ मा स्थापित संस्थाले गणेशस्थानमा अत्याधुनिक सुबिधासम्पन्न भवन निर्माण गरेको हो।

नवनिर्मित भवनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले गर्नुभएको हो।

संस्थाले कुल १ करोड ४३ लाख ३२ हजार ४ सय २७ रुपैया को लागतमा पनौती नगरपालिका वडा नं ६ गणेशस्थानमा भवन निर्माण गरेको हो। उक्त भवन निमार्णमा हालसम्म शेयर सदस्यहरु, पूर्व संचालक, हालका संचालक, कर्मचारीहरु र समाजसेवीहरुबाट कुल ११ लाख ५ हजार भवन निर्चमाणका लागि चन्दा सहयोग प्राप्त भएको संस्थाका कार्यकारी अधिकृत दिपक तिमल्सिनाले जानकारी दिनुभयो।

नवनिर्मित भवनबाट गत असार १८ गते पछि नै कारोबार शुरु गरिएको भए पनि निर्माण सम्पन्नपछि आज भवनको उद्घाटन गरिएको हो।

साधरण सभा कार्यक्रममा भवन निमार्णमा चन्दा सहयोग गर्ने सम्पूर्ण चन्दादाताहरुलाई दोषल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा एमाले नेता तथा सांसद रामहरी सुवेदी, वडा नम्बर-९ का वडा अध्यक्ष सहकुलकुमार हुमागाई, कांग्रेस नेता तथा अधिवक्ता रमेशप्रसाद हुमागाईं, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, पुर्व अध्यक्ष, शेयरसदस्य तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमा वक्ताहरुले नवदुर्गा सकोसले कम समयमा उल्लेख्य सफलता प्राप्त गर्न सकेको उल्लेख गर्दै कोभिडको महामारी पछि बित्तीय संस्थाहरुमा आर्थिक समस्या उत्पन्न भए पनि नवदुर्गाले आफ्ना शेयर सदस्यहरुलाई समस्याको अनुभूति हुन नदिएको बताउनुभयो। आफ्ना सदस्यहरुप्रति लिम्मेवार उचित तरलता व्यवस्थापनका कारण नवदुर्गाले आफुलाई अब्बल सावित गरेको वक्ताहरुको धारणा थियो।

प्रतिक्रिया दिनुहोस