नवदुर्गा साकोसको १९ औं साधरणसभा: कुल पुँजी ७५ करोड ६७ लाख, यो वर्ष १ करोड ९४ लाख खुद नाफा 

विभिन्न विधामा ७२ भन्दा बढीलाई सम्मान
नौलो समाचार संवाददाता
२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ६६४ पटक पढिएको

नवदुर्गा साकोसको १९ औं साधरणसभा: कुल पुँजी ७५ करोड ६७ लाख, यो वर्ष १ करोड ९४ लाख खुद नाफा 

भदौ २५, काभ्रे। पनौतीको नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधरण सभा सम्पन्न भएको छ।

पनौती वडा नं ९ मा स्थापित नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवनिर्मित भवनको उद्घाटन सम्मान तथा विभिन्न कार्ययोजना सहित साधारण सभा सम्पन्न गरेको हो।

आज गणेशस्थानमा रहेको संस्थाको भवनमा आयोजित कार्यक्रममा ७२ जना भन्दा बढीलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद शिवप्रसाद हुमागाईले दिप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष हरिनाराण श्रेष्ठले लेखा विवरण प्रस्तुत गर्दै संस्थाको कुल पुँजी ७५ करोड ६७ लाख रहेको छ। ८ हजार ९३ जना शेयर सदस्य रहेको संस्थाले यस वर्ष १ करोड ९४ लाख ५३ हजार खुद नाफा कमाउन सफल भएको छ। उहाँले शेयरधनीहरुलाई नियमानुसार लाभांश दिएको पनि जानकारी दिनुभएको छ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले नवदुर्गा सहकारी हाम्रो आफ्नै समुदायको सहकारी भएको र यसले आफ्ना सदस्यको हितमा मात्र काम गर्ने बताउदै हिजो आज विवादमा आएका सहकारीहरुले केवल आफु र आफ्नो सर्कलका मानिसहरुका लागि सहकारीको नियमलाइ तोड्दै हिड्नेहरु नै विवादमा तानिएको बताउनुभयो। त्यस्ता आफ्नो संस्थामा तरलता कायम गर्न नसक्दा बचतकर्ताको पैसा समेत फिर्ता गर्न नसकेको बताउनुभयो।

यस्तै, एमाले नेता तथा पुर्व संसद रामहरी सुवेदीले सहकारीको नियमन निकायले ध्यान दिन नसक्दा सहकारीमा बदमासी बढेको बताउनुभयो। बदमासी गर्ने सहकारीमा मुख्य गरी पारिवारिक र एकल सकारी रहेको उहाँको भनाई छ। उहाँले सहकारी स्वयम् आफैले पनि लगानी गर्दा कुन र कस्तो ठाउँमा गर्दै छु भन्ने गहिरो अध्ययन नगर्दा लगानी डुब्ने त्यसको मारमा अन्य सदस्य समेत पर्न सक्ने बताउनुभयो।

यस्तै, अधिवक्ता रमेशप्रसाद हुमागाईं, वडा नं-९ का अध्यक्ष शहकुलकुमार हुमागाईं, सामुदायिक साकोसका प्रतिनिधि प्रताप ताम्राकार लगायत अन्य वक्ताहरुले सफलताको शुभकामना  मन्तब्य राख्दै नवदुर्गा समुदायको सहकारी भएकोले आफ्नो वचत शुरक्षित् हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो।

सभामा अध्यक्षको मन्तव्य राख्दै इन्द्रप्रसाद हुमागाईले कोभिडको महामारी पछि बित्तीय संस्थाहरुमा आर्थिक समस्या उत्पन्न भए पनि नवदुर्गाले आफ्ना शेयर सदस्यहरुलाई त्यसको अनुभूति हुन नदिएको बताउनुभयो। सहकारीको नीति नियम र मर्म भित्र रहेर शेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने हुमागाईले बताउनुभयो।

सचिवको प्रतिवेदन प्रस्तुत गर्दै अकुरप्रसाद सापकोटाले संस्थाले विभिन्न २० वटा नीति ८ ओटा निर्देशिका ६ वटा कार्यविधि निर्माण गरी आवश्यक व्यवस्थापन गरि संस्थामा वित्तिय अनुशासन कायम राख्न सफल भएको जानकारी दिनुभयो।

लेखा सुपरिवेक्षण समितिका संयोजक रमेशकुमार राजलवटले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाको लेखाको अवस्था प्रस्तुत गर्दै राजलवटले यस वर्ष ३ करोड ३८ लाख ७३ हजार ९ सय २ रुपैया जगेडा कोषमा रहेको र अन्य कोषमा २ करोड ३९ लाख ९७ हजार ६ सय ६ रुपैया छुट्इएको जानकारी दिनुभयो। संस्थाले प्रयाप्त मात्रामा कर्जा जोखिमको व्यवस्थापन गरी संस्थाको अवस्था मजवुद रहेको उहाँको भनाई थियो।

कार्यक्रममा यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा वरिष्ठ ऋण सहायक हरिराम कुंवरलाई सम्मान गरिएको छ।

जिल्लाको पनौती, बनेपा, धुलिखेल, पाँचखाल, नमोबुद्ध नगरपालिका र बेथानचोक तथा खानीखोला गाउँपालिका कार्यक्षेत्र रहेको संस्थासँग अहिले सम्म ७ ओटा साकोसहरु एकीकरण भइसकेको सभामा जानकारी गराइएको थियो। पछिल्लो पटक एकीकरण हुनेमा पनौती ७ मा रहेको महिलाहरुद्वारा संचालित गौरी शंकर ग्रामिण महिला विकास बहुउद्देश्य सहकारी संस्था रहेको छ। २ हजार ५७५ जना शेयर सदस्य रहेको उक्त संस्था एकीकरण पछिको पहिलो साधरणसभा भएको संस्थाका कार्यकारी अधिकृत दिपक तिमल्सिनाले जानकारी दिनुभयो।

संस्थाको वडा नं ६ मा रहेको केन्द्रीय कार्यलयसँगै अन्य विभिन्न स्थलमा ६ ओटा सेवाकेन्द्रहरु सहित १३ बचत संकलन केन्द्र रहेको संस्थाले जनाएको छ।

गत भाद्र १८ गते संस्थाले आफ्ना १३ ओटै सेवा केन्द्र तथा बचत संकलन केन्द्रहरुबाट साधरण सभाको उद्घाटन गरेको थियो। आज सम्पन्न साधरण सभामा विभिन्न क्षेत्रका शेयर सदस्य प्रतिनिधिहरुको उपस्थितिमा साधरण सभा सम्मन्न भएको हो। सभामा जेष्ठ शेयर सदस्य सम्मान, एस.एल.सी सम्मान, असल ऋणी, असल बचतकर्ता, अधिक शेयर, असल दैनिक बचतकर्ता, असल दैनिक ऋणी, साधारण बचत, आवधिक बचत, सहकारी कर्मी, पूर्व संचालक, उत्कृष्ठ कर्मचारी, भवन निमार्णमा चन्दा सहयोग गर्ने चन्दादाता, भवन निमार्ण उप-समिति, भवन निमार्णमा सहयोग पु¥याउने विभिन्न व्यक्ति व्यक्तित्व लगायत शीर्षकमा ६ दर्जन भन्दा बढिलाई सम्मान गरिएको थियो।

संस्थाले कुल १ करोड ४३ लाख ३२ हजार ४२७ रुपैया को लागतमा पनौती नगरपालिका वडा नं ६ गणेशस्थानमा भवन निर्माण गरेको छ। सो  भवनको आजै उद्घाटन गरिएको हो। भवन निमार्णदेखि हालसम्म शेयर सदस्यहरु, पूर्व संचालक, हालका संचालक, कर्मचारीहरु र समाजसेवीहरुबाट कुल ११ लाख ५ हजार भवन निमार्ण चन्दा सहयोग उपलब्ध भएको छ भने कुल को लागतमा निर्माण भएको भवनबाट गत असार १८ गते पछि नै कारोबार शुरु गरिएको हो।

कार्यक्रमको संचालन सहकारीकर्मी तथा संस्थाका सदस्य उपेन्द्र हुमागाईले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस