कांग्रेस गठबन्धन तोड्ने पक्षमा छैन: गृहमन्त्री बालकृष्ण खाँण

नौलो समाचार संवाददाता
२०७९ भाद्र २६, आईतबार मा प्रकाशित ३७२ पटक पढिएको
कांग्रेस गठबन्धन तोड्ने पक्षमा छैन: गृहमन्त्री बालकृष्ण खाँण

भदौ २६, काभ्रे। गृहमन्त्री बालकृष्ण खाँणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचमा शान्ती सुरक्षा प्रदान गरी निष्पक्ष, स्वतन्त्र र भयरहित सम्पन्न गर्ने आफनो दायित्व रहेको बताउनु भएको छ।

नेपाल तरुण दल काभ्रे गरेको बृहत तरुण भेलालाई सम्वोधन गर्दै उहाँले सरकार त्यसमा दृढ रहेका बताउनुभयो।

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका उहाँले गठबन्धन तोड्ने पक्षमा कांग्रेस नरहेको भन्दै कांग्रेस नेताहरुले सत्तारूढ गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताउनुभयो। गठबन्धनका उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको भन्दै उहाँले गठबन्धन बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रकुमार यादव, केन्द्रीय सदस्य रमा कोइराला, केन्द्रीय सदस्य मधु आचार्य, केन्द्रीय सदस्य गणेश लामा, बाग्मति प्रदेश महामन्त्री कन्चन चन्द्र बादे, काभ्रे जिल्ला सभापति तिर्थ लामा, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, बाग्मती प्रदेश कार्यसमिति सदस्य गुमानसिं तामाङ, तरुण दल प्रदेश कार्यसमितिका सभापति गोर्खा लामा लगायतले आसन्न निर्वाचनमा काभ्रेका दुवै क्षेत्रमा कांग्रेसलाई जिताउन सबै एकजुट हुन भएर लाग्न आवस्यक भएको बताउनुभयो।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका नेपाल तरुण दल काभ्रेका अध्यक्ष दावा लामाको सभापतित्व रहेको भेलाले कार्यवाहक सभापतिको जिम्मेवारी सुजन लामालाई दिएको छ।

कार्यक्रममा एमाले निकट युवा संघ बनेपाका उपाध्यक्ष रनबाहादुर लामा लगायत दर्जनौं युवाले तरुण दलको सदस्यता लिएका थिए।


प्रतिक्रिया दिनुहोस