पनौती वडा नम्बर-९ मा जेष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ्य जाँच हुने

नौलो समाचार संवाददाता
२०७९ भाद्र २६, आईतबार मा प्रकाशित ६६९ पटक पढिएको

पनौती वडा नम्बर-९ मा जेष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ्य जाँच हुने

भदौ २६, काभ्रे। पनौती वडा नम्बर-९ मा जेष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ्य जाँच हुने भएको छ।

यहि भदौ २९ गते देखि ३१ गतेसम्म वडा नम्बर-९ का विभिन्न मुख्य-मुख्य स्थानमा स्वास्थ्य शिविर संचालन हुने वडा कार्यालयले एक सूचना मार्फत जानकारी दिएको छ।

वडा नम्बर-९ कार्यालयको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य जाँच गर्ने भएको हो।

६८ वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिकलाई आफुलाई पायक पर्ने स्थानमा गई सेवा लिन सूचनामा आग्रह गरिएको छ।

भण्डारी गाउँ कृष्ण मन्दिरमा भदौ २९ गते बिहान ११ बजेबाट, शिकारीगाउँ दुधडेरी चोकमा भदौ ३० गते र सुन्थान पानी ट्यांकीमा ३१ गते  बिहान ११ बजेदेखी नि:शुल्क स्वास्थ्य जाँच हुदै छ।

वडा कार्यालयद्वारा जारी सूचना:-


प्रतिक्रिया दिनुहोस