समीक्षा लेख्छिन्, ‘म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु। ‘मैले क्षतिपूर्ति बापत रकम मागेकी छैन’

नौलो समाचार संवाददाता
२०७९ भाद्र २८, मंगलबार मा प्रकाशित ५७१ पटक पढिएको
समीक्षा लेख्छिन्, ‘म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु। ‘मैले क्षतिपूर्ति बापत रकम मागेकी छैन’

भदौ २८, काठमाडौं। गायिका तथा मोडल समीक्षा अधिकारीले आफूले भोगिरहेको एउटा दुखद् घटनामा क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिएको बताएकी छन्।

उनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै क्षतिपूर्ति बापतको उक्त रकम (१० लाख रुपैयाँ) लिने आफ्नो मनसाय पनि नभएको उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा आफूविरुद्ध बनेका लज्जास्पद तस्विर र गाली-गलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेकाले आफ्नै घरको घटना जस्तो सम्झेर समस्यालाई नियालिदिन आग्रह गरेकी छन् । उनले आफूले भोगिरहेको घटना आफू र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद् घटना रहेको पनि उल्लेख गरेकी छन् ।

गायिका अधिकारीले लेखेकी छन्, ‘म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु । यहाँहरुको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’ उक्त घटनापछि पनि समीक्षा गायनमा सक्रिय छिन् । तर, सामाजिक सञ्जालमा उनलाई लिएर विभिन्न खाले टिका-टिप्पणी हुँदै आएको छ ।

समीक्षा अधिकारीको फेसबुक स्टाटस:-


प्रतिक्रिया दिनुहोस