काभ्रेका ९ वटा विद्यालय उत्कृष्ट, सबैभन्दा धेरै पाँचखालका विद्यालय

नौलो समाचार संवाददाता
२०७९ भाद्र २९, बुधबार मा प्रकाशित १०५७ पटक पढिएको

काभ्रेका ९ वटा विद्यालय उत्कृष्ट, सबैभन्दा धेरै पाँचखालका विद्यालय

भदौ २९, काभ्रे। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षणमा काभ्रेका ९ वटा विद्यायल उत्कृष्ट भएका छन्। केन्द्रको परीक्षणमा देशका ४ हजार ८ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ट एक सयमा काभ्रेका ९ वटा विद्यालय छनौट भएका छन ।

उत्कृष्ट सयमा काभ्रेको पालिका मध्ये पाँचखालको ६ वटा मावि, रोशीको १ वटा मावि, पनौतीको १ वटा र मण्डनदेउपुरको १ वटा मावि परेका हुन् । रोशी गाउँपालिकाको मंगलजनविजय मावि उत्कृष्ट ५ नं मा पर्दै ९० दशमलब ९ ल्याएर काभ्रेकै उत्कृष्ट विद्यालय बनेको छ।

त्यस्तै पाँचखालको आजाद मावि बालुवाले ३५ नं मा पर्दै ८४ दशमलब २४ अंक, ज्ञानेश्वरी मावि अनेकोटले ४० नं मा पर्दै ८४ दशमलब २४, भक्रमदेवी मावि अनेकोटले ५० नं मा पर्दै ८३ दशमलब १८, सर्वमंगला मावि पाँचखालले ६५ नं मा पर्दै ८२ दशमलब ५१, मंहाङकाल मावि बेलाले ८१ नं मा पर्दै ८१ दशमलब ६५, जोरपाटी मावि तिनपिप्लेले १०० नं मा पर्दै ८१ प्रतिशत ल्याएर उत्कृष्ट एक सय, पनौती नगरपालिकाको भालेश्वर मावि मल्पीले २८ नं मा पर्दै ८५ दशमलब ४ तथा मण्डनदेउपुर नगरपालिकाको महाकाली मावि चैनपुरले ४४ नं मा पर्दै ८३ दशमलब ८ अंक ल्याएर उत्कृष्ट १ सयमा परेको छ ।

देशका चार हजारभन्दा बढी विद्यालयलाई श्रेणकरण गर्दा कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम श्रेणीमा परेको छ । सो विद्यालयले ९४ दशमलब ५९ अङ्क प्राप्त गर्दै प्रथम भएको थियो ।


प्रतिक्रिया दिनुहोस