पेट्रोलको मूल्य साढे ६ रुपैयाँ घटेर आयो, निगमले घटाउला?

नौलो समाचार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार मा प्रकाशित ५१४ पटक पढिएको
पेट्रोलको मूल्य साढे ६ रुपैयाँ घटेर आयो, निगमले घटाउला?

भदौ ३१ , काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ।

इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य १ रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको छ।

नयाँ मूल्यसूचि अनुसार अब नेपाल आयल निगमलाई पेट्रोलमा ८ रुपैयाँ नाफा हुन्छ। तर डिजेलमा अझै घाटा पूर्ति हुन नसकेको निगमले जनाएको छ।

निगमका अनुसार मूल्य घटेर आउँदा पनि मासिक २० करोड रुपैयाँ घाटा पर्छ। एलपी ग्यास र डिजेलको घाटाको कारण निगम आगामी समयमा पनि घाटामा रहने निगमले जनाएको छ।

पेट्रोलमा यो सहित ३ पटक मूल्य घटेर आइसकको छ। तर निगमले मूल्य घटाएको भने छैन।

प्रतिक्रिया दिनुहोस