केही मुक्तक- ध्रुबकृष्ण ताम्राकार

ध्रुबकृष्ण ताम्राकार
२०७९ आश्विन १, शनिबार मा प्रकाशित ५५४ पटक पढिएको

केही मुक्तक-  ध्रुबकृष्ण ताम्राकार

बिरलै देखें यहाँ आफु मरेर अरुलाई बचाउनेहरु
तैपनि धोंग रच्छन आडम्बरी शालीन भनाउनेहरु
मान्छेले मान्छे चिनिएको भए दुखित नहुने थियो
सोझा मारि धुर्तले दाउ मार्छन दुनियाँ चलाउनेहरु ।

तिम्रो बोली बाँसुरीको धुन जस्तै लाग्छ
मगमग बास्ना चल्ने सुन जस्तै लाग्छ
बस्यौ दिलमा तिमी अमित बनेर
त्यसैले त तिम्रो मुहार जून जस्तै लाग्छ ।

नसुनाउ जिन्दगी जरुरतले ठुला अंहमको हुलमा
कहिँ नजोड्नु जिन्दगी तृषित सपना जस्तो पुलमा
म जे जस्तो छुं यहि सन्तुष्टिको ढुकढुकिमै रमाउँछु
जहाँ गुडेर होइन भरेर फुलाउँछु जीबनको मुलमा ।

  • ध्रुबकृष्ण ताम्राकार

प्रतिक्रिया दिनुहोस