अछाम पहिरो: मृतकको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

नौलो समाचार संवाददाता
२०७९ आश्विन १, शनिबार मा प्रकाशित ५१२ पटक पढिएको
अछाम पहिरो: मृतकको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

असोज १, काठमाडौं। अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। पहिरोमा परेका अन्य ६ जना अझै बेपत्ता भएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार मृतकमध्ये ४ जना तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ का रहेका छन्। यस्तै ढकारी गाउँपालिका–६ का १ जना, कमलबजार नगरपालिका–८ का ५ जना र सोही नगरपालिका–६ का ७ जना रहेका छन्।

यस्तै बेपत्ता हुनेमा पनि तुर्माखाँद गाउँपालिका–५ का ५ जना रहेका छन्। ढकारी गाउँपालिका–६ का १ जना बेपत्ता रहेको प्रशासन कार्यालयले जनाएको छ।

हालसम्म ११ जना घाइतेको उद्धार गरिएको छ। ढकारीका तीन जना र कमलबजारका सात जनाको उद्धार गरिएको हो। तुर्माखाँद गाउँपालिका–५ को नाडामा पहिरोले २ घर बगाएको थियो।

सबै उद्धार कार्यमा जुटेकोले घटनाको विस्तृत विवरण अझै आउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस