दशैँको टिकाको शुभ साइत: बिहान ११ बजेर ५१ मिनेटमा

नौलो समाचार संवाददाता
२०७९ आश्विन १, शनिबार मा प्रकाशित ७९० पटक पढिएको
दशैँको टिकाको शुभ साइत: बिहान ११ बजेर ५१ मिनेटमा

असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ।

यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ।

समितिले नवरात्रको पहिलो दिन घटस्थापना असोज १० गते बिहान १० बजेर २३ मिनेटबाट सुरु हुने बताएको छ।

दोस्रो दिन ११ गते झण्डा फेर्ने बिहान ११ बजेर ११ मिनेटमा, चौथो दिन १४ गते पचलीभैरव यात्रा, छैठौं दिन १६ गते फुलपाती, तुलजाभवानी यात्रा बिहान १० बजेर ५ मिनेट जाँदा रहेको र सोही दिन बिहान ११ बजेर ३५ मिनेट जाँदा स्थिरासन साइत रहेको उल्लेख छ।

सातौं दिन १७ गते सोमबार महाष्टमी, कालरात्रि, आठौं दिन १८ गते महानवामी र नवौं दिन १९ गते विजयादशमी, देवी विसर्जन बिहान १० बजेर ३४ मिनेटमा, टीका ११ बजेर ५१ मिनेटमा, तुलजाभवानी यात्रा बिहान ७ बजेर ३५ मिनेटमा, स्थिरासन बिहान ८ बजेर ४७ मिनेटमा रहेको छ।

त्यस्तै, असोज २२ गते अखिलबलिपूर्ति तथा २३ गते आईतवार कोजाग्रत व्रत रहेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस