रोशी भीमखोरीमा श्रीमतीमाथि खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ, श्रीमतीको अवस्था गम्भीर

नौलो समाचार संवाददाता
२०७९ आश्विन १, शनिबार मा प्रकाशित ६४८ पटक पढिएको

रोशी भीमखोरीमा श्रीमतीमाथि खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ, श्रीमतीको अवस्था गम्भीर

असोज १, काभ्रे। रोशी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन्। रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

रोशी गाउँपालिका वडा न ७ कन्टुन्जेका ३२ वर्षीय राजकुमार विकले आज शनिबार विहान ५ बजे श्रीमती ३१ वर्षीय साइँली विकलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहानै रोशी गाउँपालिका-११ भीमखोरीस्थित ससुराली पुगेर श्रीमतीलाई खुकुरी प्रहार गरेका राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घरायसी झगडा भएपछि श्रीमती साईली माइत गएकी र राजकुमार एकाविहानै ससुराली पुगेर सबै सुतिरहेको अवस्थामा बिकले श्रीमतीमाथि खुकुरी प्रहार गरेर भागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलटारले उनको खोजि गरी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी साइली बिकको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने राजकुमारलाई पक्राउ गरी थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस