प्रदीप खड्काले मागे बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा

नौलो समाचार संवाददाता
२०७९ आश्विन १, शनिबार मा प्रकाशित ४७५ पटक पढिएको
प्रदीप खड्काले मागे बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा

असोज १,  काठमाडौँ। अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन्। शनिबार पत्रकार सम्मेलनमा बोल्दै अभिनेता खड्काले अध्यक्ष केसीको विरुद्धमा सर्वोच्चमा मुद्धाको पेशी अघि राजीनामा दिएमा उहाँलाई राम्रो हुने बताए ।

उनले अध्यक्ष केसीले प्रेम गीत-३ लाई असफल बनाउन लागेको आरोप लगाउदै रिलिज अघि नै नयाँ नियम लगाएको बताए । खड्काले रक्सी खाने ठाउ बिहान ४ बजेसम्म खोलिने सिनेमा हाल ११ बजे बन्द गर्ने नियम ल्याउने बोर्ड अध्यक्ष केसीको आलोचना गरेका छन् ।

उनले आफूविरुद्ध लागेको भन्दै फिल्म चलाउन नदिने भए आफुले नयाँ फिल्म समेत साइन नगरेकोले आफूबाट समस्या छ भने नयाँ फिल्म नखेल्ने समेत बताए ।

अभिनेता खड्काले आफुहरुको प्रेम गीत-३ रिलिज कै बेला नयाँ नियम लगाएको आरोप लगाउदै आहिले आएर बोर्ड आफ्नो विरोधमै लागेको हो कि भन्ने आभास भएको बताए ।

पत्रकार सम्मेलनमा अभिनेता खड्काले प्रेम गीत-३ विश्वको ठुलो बजारमा फिल्म रिलिज हुन लागेको बेला फिल्मका निर्मातालाई नेपालमा निराश बनाउने काम भएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा निर्देशक सन्तोष सेनले प्रेम गीत-३ लाई दर्शकले साथ दिइरहेको भएपनि फिल्मीकर्मीले साथ नदिएको आरोप लगाएका छन् ।

निर्देशक/निर्माता सेनले नेपालमा राजनीति भएको देखेर दुख लागेको बताए ।

प्रेम गीत-३ लाई अहिले भारतमा हिन्दीमा डब गरेर विश्वभर रिलिज गर्ने तयारी भएको छ । प्रेम गीत-३ ले भारतमा अहिले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । सेप्टेम्बर २३ मा विश्वभर नेपाली र हिन्दी भाषामा १५ सय भन्दा बढी स्क्रीनहरुमा रिलिज हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस