काभ्रे रेडक्रसको अध्यक्षमा रघुनाथ हुमागाईसहित सिंगो टिम विजयी

नौलो समाचार संवाददाता
२०७९ आश्विन १, शनिबार मा प्रकाशित ७५५ पटक पढिएको

काभ्रे रेडक्रसको अध्यक्षमा रघुनाथ हुमागाईसहित सिंगो टिम विजयी

असोज १, काभ्रे। नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको अध्यक्षमा रघुनाथ हुमागाई विजयी हुनुभएको छ।

शुक्रबार भएको निर्वाचनसंगै राती अबेर सकिएको मतगणनाको नतिजाबाट रघुनाथ हुमागाईको टिम नै विजयी भएको हो।

एमालेका उम्मेदवार विदुरप्रसाद घिमिरेलाई १४ मत अन्तरले हुमागाईले पराजित गर्नुभएको हो। हुमागईंले ७४ मत प्राप्त गरि विजयी हुदा उहाँका प्रतिद्धन्दी विदुरप्रसाद घिमिरेले ६० मत मात्र प्राप्त गर्नुभयो।

यसैगरी, उपाध्यक्षमा दवेन्द्रप्रसाद भैल विजयी हुनुभएको छ। उहाँले ८५ मत प्राप्त गरि विजयी हुनुभएको हो। महिला उपाध्यक्षमा पुण्यमती घलेले विजयी भएकी हुनुभएको छ।

मन्त्रीमा हेमलाल तामाङ विजयी हुनुभयो भने उपमन्त्रीमा राजु सिग्देलले जित हात पार्नुभयो।

कोषाध्यक्षमा प्रेमकुमार तामाङ विजयी हुदा उपकोषाध्यक्षमा निलम श्रेष्ठले जित हात पार्नुभयो।

सदस्यरुमा महिला सदस्यहरु पार्वती थापा, सुभद्रादेवी गुरागाईं, गीता तिमल्सिना, अन्य सदस्यहरुमा अनन्तकृष्ण श्रेष्ठ, देविप्रसाद नेपाल, नवराज दुलाल, ज्ञानबहादुर तामाङ, पुस्कर प्रसाद तिमल्सिना, कृपेन्द्र श्रेष्ठ र भोटु हुमागाईं निर्वाचित हुनुभएको छ।


प्रतिक्रिया दिनुहोस