भुम्लुका सबै वडामा बर्षातले बिगारेका सडकको मर्मत सुरु, दशैंमा घर फर्कनेलाई समस्या नहुने

नौलो समाचार संवाददाता
२०७९ आश्विन ३, सोमबार मा प्रकाशित १११४ पटक पढिएको
भुम्लुका सबै वडामा बर्षातले बिगारेका सडकको मर्मत सुरु, दशैंमा घर फर्कनेलाई समस्या नहुने

असोज ३, काभ्रे। भुम्लु गाउँपालिकाले दशैं नजिकिदैं गर्दा बर्षाका कारण बिग्रीएका सडक मर्मत संभारको काम सुरु गरेको छ।

‘दशैं यात्रा’ सजिलो र सुरक्षित होस् भन्ने उद्देश्यले दशैं अघि नै पालिका सबै वडाको सडकहरु मर्मत संभार गर्न लागेको हो।

गाउँपालिकाको भदौं २३ गतेको बसेको कार्यपालिकाको बैठकले दशैं सुरु हुनु अघिनै पालिका भित्र रहेका १० वडामा बर्षाका कारण बिग्रीएका सडक मर्मत संभारको काम गर्ने निर्णय गरेको थियो।

रोजगारी, शिक्षा लगाएतका लागि बिभिन्न शहर बजारमा बसेका स्थानियहरु दशैं मनाउन आउदाँ सडक आवत जावतमा समस्या नहोस् भनेर समयमानै बिग्रीएका सडक मर्मत संभारको काम सुरु गरेको भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्वमान (दावा) ले जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यपालिकाको निर्णय अनुसार पालिकाको १० वटा वडाको लागि पालिका १ भाडामा ३ वटा स्काभेटर र ४ वटा टिपरले बिग्रीएका सडक मर्मत संभारको काम सुरु गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस