संविधान दिवसमा नमोबुद्ध नगरद्वारा भकुण्डेवेशीमा दिप प्रज्वलन

नौलो समाचार संवाददाता
२०७९ आश्विन ३, सोमबार मा प्रकाशित ३१३ पटक पढिएको
संविधान दिवसमा नमोबुद्ध नगरद्वारा भकुण्डेवेशीमा दिप प्रज्वलन

असोज ३, काभ्रे। संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ।

संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित चोकमा दिप प्रज्वलन गरिएको हो।

कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रशासकीय अधिकृत विनोद रसाइली, जनप्रतिनिधी, कर्मचारी र स्थानीयको सहभागिता थियो।

दिवसकै अवसरमा नगर प्रमुख कुन्साङ लामाले शुभकामना सन्देशमार्फत देशभित्र र बाहिर रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा शुभकामना व्यक्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

लोकतान्त्रिक आन्दोलनबाट प्राप्त सम्पूर्ण उपलव्धीलाई संस्थागत गर्दै आर्थिक समृद्धी र समुन्नतीको दिशामा मुलुक अझै तीव्र रूपमा अघि बढ्न सकोस् भनि शुभकामना समेत व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस