प्याब्सन बनेपाको तेस्रो नगर अधिवेशन सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ आश्विन ५, बुधबार मा प्रकाशित ६५० पटक पढिएको
प्याब्सन बनेपाको तेस्रो नगर अधिवेशन सम्पन्न

असोज ५, काभ्रे। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपाको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ।

सोमबार होटल सारथी धुलिखेलमा तेस्रो नगर अधिवेशन कार्यक्रमको आयोजना गरिएको थियो।

अधिवेशनमा विशेष अतिथि हिरा शर्मा नेपाल, पुर्णकुमार श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, श्याम बहादुर भुजेल, सरोज न्यौपाने, महेन्द्र थिङ्गले मन्तब्य दिनुभएको थियो।

बिभिन्न विद्यालय, प्रकाशन तथा संस्थाका प्रमुखहरू सहभागी रहेको उक्त अधिवेशनबाट संस्थागत विद्यालयको अवसर र चुनौतीसँगै कसरी उत्कृष्ट शिक्षा प्रदान गर्ने र बिभिन्न विद्यालयको भेटभाटले एकअर्कामा अत्मियता बढाएको बनेपा प्याब्सनका सचिव एवं कार्यक्रम संयोजक शरनकुमार मानन्धरले जानकारी दिनुभयो।

साथै उपस्थित अतिथि तथा सहयोगी संस्थाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

केन्द्रीय प्याब्सनका उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता एवं बनेपा प्याब्सन अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको भएको हो।

प्रतिक्रिया दिनुहोस